प्रयागराज सिंह सुवाल स्मृति कपकाे उपाधी १६ वडालाई

  • Image नेप्लेज
  • २८ आश्विन २०८३, बुधवार
  • 101 पटक हेरिएको
प्रयागराज सिंह सुवाल स्मृति कपकाे उपाधी १६ वडालाई

काठमाडौं । चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिका १६ वडाले जितेको छ ।

बुधबार भएको फाइनल खेलमा कामपा ६ नं. वडालाई २–१ गोलले पराजित गर्दै १६ वडाले उपाधी उचालेको थियो ।

आयुष कुँवर र रविन्द्र निरौलाले एक एक गोल गर्दै १६ वडालाई विजय गराएका थिए भने ६ वडाका लागि संयम घिमिरेले १ गोल गरे । फाइनल खेलमा रविन्द्र निरौला म्यानअफ दि म्याच भए ।

प्रतियोगितामा असिम गुरुङ्ग सर्वाधिक गोलकर्ता भएको थियो भने सुदीप गरि उत्कृष्ट खेलाडी र संयम घिमिरे उत्कृष्ट गोलकिपर भएका थिए ।

प्रतियोगिताका विजयी टिमलाई बुधबार नै काठमाडौं महानगरपालिकाका २३ वडाका अध्यक्ष मचाराजा महर्जनले ट्रफि, मेडल र नगद पुरस्कार प्रदान गरेका छन् ।

त्यस्तै उपविजेता टिमलाई काठमाडौं महानगरपालिका १६ वडाका अध्यक्ष रोजिना श्रेष्ठले ट्रफि प्रदान गरे भने नगद पुस्कार २३ का अध्यक्ष मचाराजा महर्जनले प्रदान गरे ।

विजेता उपविजेता टिमका सहभागीहरुलाई २३ वडाका पूर्व अध्यक्ष पवित्र वज्राचार्यले प्रमाणपत्र प्रदान गरेका थिए ।

विजयी टिमलाई २ लाख र उपविजेता टिमलाई १ लाख नगद पुरस्कार दिइएको थियो । नगद पुरस्कार त्यस्तै उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार जनही दश हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कामपा २३ वडा निवासी पूर्वमन्त्री तथा समाजसेवी प्रयागराज सिंह सुवालको स्मृतिमा काठमाडौं महानगरपालिका २३ वडाले चार वर्ष देखि प्रतियोगिता गर्दै आइरहेको अध्यक्ष महर्जनले बताए ।