वेस्टइन्डिजलाई हराउँदै सिरिजमा भारत २-१ ले अगाडी

  • Image नेप्लेज
  • २६ आश्विन २०८३, सोमवार
  • 55 पटक हेरिएको
वेस्टइन्डिजलाई हराउँदै सिरिजमा भारत २-१ ले अगाडी

काठमाडौं । भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १४ रनको जित निकालेको छ ।

यससँगै भारतले पाँच खेलको शृङ्खलामा २-१ को अग्रता बनाएको छ ।

इन्दौरस्थित होल्कर क्रिकेट मैदानमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २२३ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै ३० बलमा ६९ रन बनाएका थिए ।

इशान किशनले ३७ तथा तिलक वर्माले २८ रनको योगदान दिएका थिए । २२४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा लक्ष्य पूरा गर्न सकेन ।

भारतले १४ रनले खेल जित्दै तेस्रो टी–२० आफ्नो पक्षमा पारेको हो । वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

यसअघि शृङ्खलाको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल वेस्ट इन्डिजले आफ्नो पक्षमा पारेको थियो ।

तेस्रो खेलको जितसँगै भारतले शृङ्खलामा २-१ को अग्रता बनाएको छ ।

अब शृङ्खलाको चौथो खेल बुधबार हुँदैछ ।