लिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित

  • Image नेप्लेज
  • २६ आश्विन २०८३, सोमवार
  • 60 पटक हेरिएको
लिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौं । प्रिमियर लिगमा विवादमा रहेकै समयमा आइतबार राति सम्पन्न प्रिमियर लिगको लिभरपुलविरुद्धको खेलमा म्यानचेस्टर सिटीले ३-० को शानदार जित हासिल गरेको छ ।

म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्ड, जेरेमी डोकु र रयान चेर्कीले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै लिभरपुलको ६ खेलमा ९ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।