नेसनल युथ ट्रेनिङ क्याम्प सुरु

  • Image नेप्लेज
  • २५ आश्विन २०८३, आइतवार
  • 63 पटक हेरिएको
नेसनल युथ ट्रेनिङ क्याम्प सुरु

काठमाडौं । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेसनल युथ ट्रेनिङ क्याम्प आइतबारदेखि सुरु भएको छ ।

क्याम्पमा बिगिनर्स, इन्टरमिडियट, राष्ट्रिय सिनियर र जुनियर गरी ५५ खेलाडी सहभागी छन् ।

सहभागीलाई स्विट्जरल्यान्डका राष्ट्रिय टेबलटेनिस टोलीका प्रशिक्षक पावेल रेहोरेकले प्रशिक्षण दिइरहेका छन् ।

उनलाई टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकला, पुरुषोत्तम वज्रचार्य र राकेश महर्जनले सहयोग गरिरहेका छन् ।

दुईदिने क्याम्प सोमबार सम्पन्न हुनेछ । क्याम्पपछि नेसनल युथ च्याम्पियनसिप मंगलबारदेखि सुरु हुनेछ ।