एन्फाका अध्यक्षसहित ४ जनाविरुद्ध आर्थिक अनियमितता र खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर

  • Image नेप्लेज
  • २३ आश्विन २०८३, शुक्रवार
  • 58 पटक हेरिएको
एन्फाका अध्यक्षसहित ४ जनाविरुद्ध आर्थिक अनियमितता र खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले निलम्बित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीविरुद्ध भ्रष्टाचार, ठगी र खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ।

सरकारी वकिलको कार्यालयले ललितपुर जिल्ला अदालतमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

प्रतिवादीमध्ये कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार छन्।

एन्फामा आर्थिक अनियमितता, म्याच फिक्सिङ (खेल मिलोमतो) र फिफा विश्वकपका टिकट अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।