नेसन्स लिग- फ्रान्स र इटाली बराबरी रोकियो, बेल्जियमले टर्कीलाई हरायो

  • Image नेप्लेज
  • १७ आश्विन २०८३, शनिवार
  • 88 पटक हेरिएको
नेसन्स लिग- फ्रान्स र इटाली बराबरी रोकियो, बेल्जियमले टर्कीलाई हरायो

काठमाडौं । नेसन्स लिग अन्तर्गतको खेलमा फ्रान्स र इटालीले १–१ गोलको बराबरीमा रोकिएका छन् भने बेल्जियमले टर्कीलाई ३–० गोलले पराजित गरेको छ ।

पेरिसस्थित स्टेड डे फ्रान्समा भएको खेलमा फ्रान्सले ५५औँ मिनेटमा माइकल ओलिसेको गोलमार्फत अग्रता लिएको थियो ।

रायन चेर्कीको छोटो फ्रिकिकमा प्राप्त बललाई ओलिसेले उत्कृष्ट प्रहार गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर इटालीका एलेसान्द्रो बास्तोनीले फ्रान्सको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।

त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन । खेलको अन्तिम समयमा फ्रान्सका डयोट उपामेकानो रातो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।

अर्को खेलमा बेल्जियमले टर्कीमाथि ३–० को सहज जित निकालेको छ । बेल्जियमका केभिन डे ब्रुइनले दुई गोल गरे भने रोमेलु लुकाकुले एक गोल थपेका थिए ।

समूह ‘ए’ को पहिलो स्थानमा फ्रान्स ७ अंकसहित रहेको छ । बेल्जियम ६ अंकसहित दोस्रो तथा इटाली ४ अंकसहित तेस्रो स्थानमा छन् । टर्कीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन ।

यसअघि २८ सेप्टेम्बरमा फ्रान्सले बेल्जियमलाई १–० ले हराएको थियो भने इटालीले टर्कीलाई ४–१ ले पराजित गरेको थियो ।