काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५८ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई बिहीबार स्वागत गरेको छ ।
थाइल्यान्डको बैंककमा सेप्टेम्बर २२ देखि २८ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण जितेको थियो ।
नेपालका सगेन्द्र सिंहले पुरुष ७५ केजीमा स्वर्ण पदक जितेका थिए । प्रतियोगितामा नेपालबाट ७ खेलाडी सहभागी थिए ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहताले सगेन्द्रलाई राष्ट्रलाई पदक दिलाएकोमा बधाई दिदै टोलीलाई स्वागत गरे ।