एसपिए लिटल फ्लावर प्राइड लिग : पहिलो दिनमा मोर्निङ्ग ग्लोरी,घोडाघोडी सामुदायिक र चेतना पाठशाला विजयी

  • Image नेप्लेज
  • १६ आश्विन २०८३, शुक्रवार
  • 39 पटक हेरिएको
एसपिए लिटल फ्लावर प्राइड लिग : पहिलो दिनमा मोर्निङ्ग ग्लोरी,घोडाघोडी सामुदायिक र चेतना पाठशाला विजयी

धनगढी । धनगढीमा आजबाट सुरु भएको दशौँ संस्करणको एसपिए लिटल फ्लावर प्राइड लिगमा महेन्द्रनगरको मोर्निङ्ग ग्लोरी स्कुल,सुख्खडको घोडाघोडी सामुदायिक विद्यालय र धनगढीको चेतना पाठशाला विजयी भएका छन ।

उद्घाटन खेलमा महेन्द्रनगरको मोर्निङ्ग ग्लोरी स्कुलले सुख्खडको घोडाघोडी एकेडेमीलाई ९ विकेटले पराजित गर्दै प्रतियोगीतामा शानदार सुरुवात गरेको छ । घोडाघोडी एकेडेमीले दिएको ८३ रनको लक्ष्य मोर्निङ्ग ग्लोरी स्कुलले ८.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । उसका लागि अभिषेक थापाले अविजित ४१ रनको पारी खेले भने इशान दौल्यालले ३१ रन बनाए । घोडाघोडी एकेडेमीका सन्तोष विश्वकर्माले एक विकेट लिन सफल भएभने अन्य बलर विकेटविहिन रहे ।

त्यसअघि धनगढीको फाप्ला खेल मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको घोडाघोडी एकेडेमीले १३.२ ओभरमा सबै विकेट गुमाउँदै माब ८२ रन बनाउन सक्यो । उसका लागि कृष्ण भट्ट र संदिप बिष्टले समान १६ रन बनाउँदा अयुब चन्दले १२ रनको पारी खेले । अन्य ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन । मोर्निङ्ग ग्लोरी स्कुलका लागि कप्तान नगेन्द्र उपाध्यायले ३ तथा आर्यन बिष्ट,जेरी चन्द र निमेश पन्तले समान दुई दुई तथा साजन बिटालुले एक विकेट लिए । खेलमा अविजित ४१ रनको पारी खेलेका मोर्निङ्ग ग्लोरी स्कुलका अभिषेक थापा म्यान अफ दी म्याच चुनिए ।

 दोश्रो खेलमा सुख्खडको घोडाघोडी सामुदायिक विद्यालयले धनगढी योद्धालाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको छ । घोडाघोडी सामुदायिक विद्यालयले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी योद्धाले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो । उसका लागि दिपक रोकायाले २८ तथा दिनेश वडले २२ रनको पारी खेलेपनि टिमलाई जित दिलाउन सकेनन । घोडाघोडी सामुदायिक विद्यालयका लागि सुजन गौतम एक्लैले ४ विकेट लिन सफल भए । हिमाल पन्तको नाममा २ तथा ट्रभिस जैसी तथा हेमन्त बुढाको नाममा समान एक एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घोडाघोडी सामुदायिक विद्यालयले १२.४ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाउन सफल भएको थियो । उसका लागि दिनेश रावतले ५२ रनको अर्धशतकीय पारी खेले मात्र १९ रन सामना गरेका रावतले ७ चौका र ३ छक्का हिर्काए । धनगढी योद्धाका लागि कप्ता दिपक कप्डेल एक्लैले ५ विकेट चट्काए । खगेन्द्र सुनारको नाममा २ तथा सौर्य श्रेष्ठ र दिपक रोकायाको नाममा समान एक एक विकेट रह्यो । ५२ रनको अर्धशतकीय पारी खेलेका दिनेश रावत म्यान अफ दी म्याच चुनिए ।

 पहिलो दिनको तेश्रो खेलमा ऐश्वर्य विद्या निकेतनलाई ५७ रनले पराजित गर्दै चेतना पाठशाला विजयी भएको छ । चेतना पाठशालाले दिएको १४३ रनको ठूलो लक्ष्य पछ्याउन गएको ऐश्वर्य विद्या निकेतनले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो । उसका लागि हिमाल बोगटीले सर्वाधिक ३२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन । ऐश्वर्य विरुद्ध कसिलो बलिङ गर्ने क्रममा चेतना पाठशालाका कप्तान अनिल रावतले महत्वपूर्ण ३ विकेट लिन सफल भए । त्यसैगरी बिराज बिष्ट र धिरेन्द्र सुनारले समान दुई दुई तथा सुभम बमले एक विकेट सलन सफल भए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेतना पाठशालाले हिमाल खड्काको अर्धशतकको मद्दतले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो । चेतना पाठशालाका खड्काले २९ बलमा ३ चौका र ३ छक्काको मद्दतले ५३ रनको शानदार पारी खेले । अविरल बिकले ३२ रन बनाउँदा अभिनव शाहले २६ रन बनाउन सफल भए । ऐश्वर्य विद्या निकेतनका लागि मनिस भट्टले ३ तथा हिमाल बोगटीको नाममा एक विकेट रहन गयो । अर्धशतक प्रहार गरेका हिमाल खड्का म्यान अफ दी म्याच चुनिए ।