नेपालको हारको श्रृंखला जारी

  • Image नेप्लेज
  • ११ श्रावण २०८३, सोमवार
  • 1243 पटक हेरिएको
नेपालको हारको श्रृंखला जारी

काठमाडौं। काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चणकाे अन्तिम खेलमा पनि नेपालको हारको श्रृंखला जारी रहेको छ। साेमबार सम्पन्न आफ्नो पाँचौं खेलमा नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा ३–० ले पराजित भएको हो।

नेपालले पहिलो सेटमा कडा चुनौती दिए पनि २४–२६ ले गुमायो। त्यसपछि दोस्रो सेट २०–२५ र तेस्रो सेट २२–२५ ले गुमाउँदै नेपालले लगातार पाँचौं हार बेहोरेको हो।

प्रतियोगिताभर संघर्षपूर्ण प्रदर्शन गरे पनि नेपालले जित निकाल्न सकेको छैन। 

यसअघि नेपाल काजाकिस्तान, श्रीलंका, पाकिस्तान र बंगलादेशसँग पनि पराजित भएको थियो। पाँच खेलाबाट नेपालकाे तीन अंक छ। नेपालले अब मंगलबार पाँचाैं स्थानकाे लागि खेल्नेछ।