राष्ट्रपति माईलेले लेखे– 'भामोस अर्जेन्टिना'

  • Image नेप्लेज
  • २८ असार २०८३, आइतवार
  • 4217 पटक हेरिएको
राष्ट्रपति माईलेले लेखे– 'भामोस अर्जेन्टिना'

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेपछि देशका राष्ट्रपति हाभियर माईलेले सामाजिक सञ्चालमार्फत ठूलो खुसीयाली व्यक्त गरेका छन्।

क्लासिक क्वार्टरफाइनल भिडन्तमा स्विट्जरल्याण्डमाथि ३-१ को रोमाञ्चक अतिरिक्त समयको जित निकाल्दै लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना अन्तिम चारमा पुगेको हो। अमेरिकाको कान्सास सिटीमा भएको खेल सकिएलगत्तै राष्ट्रपति माईलेले सामाजिक सञ्चाल 'एक्स' (ट्विटर) मा उत्साहजनक पोस्ट गर्दै लेखेका छन्, "भामोस अर्जेन्टिना काराजो...!!!" (आऊ अर्जेन्टिना अघि बढौं!)।

यो जितसँगै अर्जेन्टिनाले अब सेमिफाइनलमा परम्परागत प्रतिद्वन्द्वी इङ्गल्याण्डको सामना गर्नेछ। सन् १९६२ मा ब्राजिलपछि लगातार दुई पटक विश्वकपको उपाधि रक्षा गर्ने पहिलो राष्ट्र बन्नबाट अर्जेन्टिना अब मात्र दुई जित टाढा छ।