काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

  • Image नेप्लेज
  • ८ जेठ २०८३, शुक्रवार
  • 4032 पटक हेरिएको
काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि

काठमाडौं । आज (शुक्रबार)देखि काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, इरान, कीर्गिस्तान, मालदिभ्स र कजाकिस्तान सहभागी हुँदैछन्।

 च्याम्पियनसिपका लागि ठगुन्नाको कप्तानीमा नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ।

टोलीका अन्य खेलाडीहरूमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, अलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मिना सुनार, प्रगति नाथ र जशना महतो तथा मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट रहेका छन्।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ।