मूलपानी क्रिकेट मैदान निर्माणमा भारतको चासो, सदस्य सचिवले भने-‘पहिलेको प्रतिवद्धता पुरा गर’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२७
  • |
  • 247 पटक हेरिएको

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेका मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा भारतले सघाउने इच्छा व्यक्त गरेको छ । २०६० साल पुस देखि निर्माण शुरु भएको मैदानको काम अझैं सकिएको छैन ।

मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि त्यतिबेलै मास्टर प्लान बनाएर काम थालिएको थियो । तल्लो र माथिल्लो दुई वटा मैदान बनाउने साथै नेपाल क्रिकेट संघ क्यानको अफिस सञ्चालनका लागि भवन पनि बनाउने कुरा समेटिएको थियो । क्यानको अफिस सञ्चालनका लागि भवन बनेको पनि छ । तर क्यानको अफिस त्यहाँ रहे पनि अधिकांश कामहरु सिटी अफिस नक्सालबाट हुँदै आएको छ ।

प्रत्ययक खेलकुद मन्त्रीले पदभार ग्रहण गर्दा २ वर्ष भित्र पुरा हुने बताइए पनि मूलपानी मैदानको काम भने सम्पन्न हुन सकेको छैन । वर्तमान युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पनि २ वर्षमा तयार हुने बताएका थिए । त्यो भनेको पनि २ वर्ष पुरा भयो ।

लामो समयदेखि मैदान भित्र रहेका सर्वसाधारणका घरले पनि मैदानको कामले गति लिन सकेको थिएन । जग्गाको मुआब्जा विवाद भने समाधकान भइसकेको भनेर खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेपको भनाई छ ।

अहिले पनि २ वटा घर मैदान भित्र देख्न सकिन्छ । यो पनि अहिले वर्षात्को सिजन र कोरोना महामारीका कारण छाड्न ढिला भएको जनाइएको छ ।
केही दिन अघि राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले मूलपानी मैदानको निरिक्षण गरेका थिए । सदस्य सचिवमा पुनः दोहोरिएपछि सिलवालले भौतिक पूर्वाधारको भ्रमण निरिक्षण गरेको पहिलो हो । त्यहाँ उनले काम चाँडो सक्ने वातावरण मिलाउन आफू लागि परेको बताएका थिए ।

सिलवालसँगै भारतीय अधिकारीले पनि मूलपानी मैदानको अबलोकन गरेका थिए । उनी मार्फत २९४ रोपनी क्षेत्रफलमा निर्माणधिन रहेको मूलपानी मैदानमा भारत सरकारले चासो देखाएको हो । नेपालका विभिन्न भौतिक पूर्वाधार र्मिाणमा साथ दिँदै आएको भारत सरकारले काठमाडौंमा रहेको राजदूतावास मार्फत राखेपसँग छलफल अघि बढाएको हो । त्यसैका लागि सदस्य सचिव सिलवालसहित भारतीय दूतावासका अधिकारीले पनि मैदानको अबलोकन गरेको जनाइएको छ । अबलोकनका क्रममा अहिले भइरहेका कामहरुका बारेमा दूतावासका अधिकारीले पनि चासो राखेका थिए । उनीहरुले मास्टर प्लान अनुसार मैदान निर्माणका लागि सहयोग गर्ने बताए पनि थप प्रक्रिया भने राखेपले पहल गरेमा अघि बढ्ने छ ।

सोही क्रममा सदस्य सचिव सिलवालले उनीहरुलाई भारतले विदेशमन्त्री स्व. सुष्मा स्वराजको नेपाल भ्रमणका बेला २ वटा क्रिकेट मैदान बनाउने बताएको प्रशंक निकाल्दै पहिला त्यो काम पुरा गर्न आग्रह गरे । उनले नेपालको राष्ट्रिय गौरबको आयोजनका रुपमा रहेको मूलपानी मैदान नेपाल सरकार आफैले बनाउन सक्षम रहेको र काम पनि अब अन्तिम अन्तिम चरणमा पुगेको बताएका थिए ।

मूलपानी मैदानको अनुगमनका क्रममा सँगै रहेका नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भारतीय दूतावासका अधिकारीसँग अनौपचारीक कुराकानी भएको पुष्टि गरे ।

उनले भने ‘सदस्य सचिवले मुलपानी घुम्न जान्छु भनेर इच्छा ब्यक्त गर्नु भयो । खबर पाएपछि म पनि पुगेँ । भारतीय राजदूतावासका अधिकारी पनि हुनुहुँदो रहेछ । त्यहाँ हामीले अनौपचारिक कुरा गर्यौं ।’ सचिव प्याकुरेलले भने ।

२०७१ साउनमा भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण हुँदा पोखरामा मैदान बनाउन आग्रह गरेको थियो । त्यतिबेलै पनि भारतले मूलपानीमा चासो देखाएको थियो ।

तत्कालिन खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मूलपानी नेपाल सरकारले मूलपानी मैदान बनाउने र भारतले पोखराको मैदान बनाउनु पर्ने बताएका थिए । स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण अघि नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि काठमाडौं आएकी थिइन् । तत्कालिन परराष्ट्रमन्त्री ९हाल चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालको नेतृत्व गर्दै बैठकमा सहभागी थिए । पोखराकै मैदानका लागि १ खर्ब खर्च लाग्ने उल्लेख गरिएको थियो ।

पछिल्लो समय नेपालमा भारतविरोधी जनभावना बढी रहेका बेला भारतले नेपाली क्रिकेटमा लगानी गर्ने इच्छा देखाएको भनेर बुझ्न सकिन्छ । यदि निर्माणाधिन मैदानमा लगानी गरेर चाँडै सम्पन्न गर्न सकिए नेपाली जनमानसमा राम्रो छाप छाड्न सकिने विश्वासका साथ भारतीय दूतावास लागेको बुझिएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey