समाचार प्रभाव : कराते खेलाडीले भत्ता नपाएको विषयमा सदस्यसचिवको चासो

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२५
  • |
  • 543 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले कराते खेलाडीले गत वर्ष भएको १३ औं दक्षिण एशियाली खेलकुद सागको प्रारम्भिक छनोटमा परेका खेलाडीले भत्ता नपाएको विषयमा चासो दिएका छन् ।

खेलाडीले सागको क्याम्पमा बस्दा दैनिक भत्ता अझै नपाएको समाचार नेप्लेज डटकमले प्रकाशित गरेको थियो ।

उक्त समाचार प्रकाशित भएपछि सदस्य सचिव सिलवालले आइतबार परिषद्मा करातेका मुख्य प्रशिक्षक मदन उप्रेती, १३ औं साग सचिवालयका कमल खनाल, र महेन्द्र राईसँग आफूले जानकारी लिएको सदस्य सचिव सिलवालले नेप्लेजलाई जानकारी दिए ।
उनले भने ‘यसबारे सत्य तथ्य पत्ता लगाएर छानविन गर्न भनेको र यदि कसैले पैसा नदिएको रहेछ भने त्यसलाई कारबाही गर्नु भनेको छु । उहाँहरुले छानविन गरेर रिपोर्ट बुझाए पछि परिषद्ले थप प्रक्रिया अघि बढाउँछ ।’
कराँतेका मुख्य प्रशिक्षक मदन उप्रेती मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठका कारण खेलाडीले आफ्नो हकमा परेको भत्ता हात पार्न सकेका छैनन् ।

तर खेलाडीको भत्ता दिनका लागि भनिएको बजेट विनियोजन भएर, त्यसको पेस्की पनि फर्स्योट भइसक्दा पनि खेलाडीले पुरा रकम नपाएको समाचार सार्वजनिक भएको थियो ।

नेपालले तेस्रो पटक सागको आयोजना गर्दा कराँतेलाई पनि समावेश गरिएको थियो । सागमा पदकको ठुलो अपेक्षा गरिएको कराँतेले तीन महिना अगाडी देखि तयारी सुरु गरेको थियो ।

जसका लागि ९८ जनालाई पहिलो चरणमा बन्द प्रशिक्षणमा बोलाएको थियो । जसका लागि राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीको दैनिक भत्ता १३ सय रुपैयाँ दिएको थियो ।
परिषद्ले खेलाडीलाई दिएको रकम मुख्य सहायक प्रशिक्षक दिपक श्रेष्ठको नाममा निकालिएको थियो ।

सागका लागि खेलाडी चरणबद्द रुपमा बाहिरीदाँ कोहि काठमाडौं बाहिरका थिए । बाहिरका खेलाडीलाई क्याम्पबाट घर फर्किदा बजेट नआएको बहान बनाउँदै आएपछि पठाउने आश्वासन सहित विदा गरिएको थियो । जसका कारण प्रारम्भिक चरणमा रहेका अधिकांश खेलाडीहरुले कम्तिमा १५ दिनको भत्ता पाएका छन् ।

त्यसपछि पनि खेलाडीले बारम्बार रकम माग्दा अहिले नआएको भन्दै खेलाडीलाई पन्छ्याएको नाम नभन्ने सर्तमा भत्ता नपाएका एक खेलाडीले बताएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey