आइटिएफको बार्षिकोत्सवमा खेलाडी तथा प्रशिक्षक सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२२
  • |
  • 251 पटक हेरिएको

 

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आफ्नो बार्षिकोत्सवका अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ ।

२३ औं बार्षिकोत्सवका अवसरमा ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको रिभाईभ लिजर पार्कमा भएको सम्मान कार्यक्रममा सम्मानित हुने खेलाडीहरुमा पुरुष तर्फ युनिस गौतम र महिला तर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ र उदियमान प्रशिक्षकमा बिक्रम बाठा मगर रहेका छन् । यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं. २ र उत्कृष्ट जिल्लामा मोरङ्ग जिल्ला रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला “ज्वाला”, सदस्य द्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई, आईटिएफका अध्यक्ष अञ्जन धमलाले बिहिबार एक कार्यक्रमकाविच बर्ष २०१९ का उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।

आईटिएफले आफ्नो बार्षिकोत्सवका अवसरमा सामाजिक सेवा, जस्तै रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, बृद्धहरुलाई खाना खुवाउने कार्यक्रम र बर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश तथा जिल्लालाई सम्मान गर्ने कार्यक्रमहरु गर्दै आईरहेको छ

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey