खेलकुदको बजेटले सबै कुरा सम्बोधन गर्न सकेको छैन :मन्त्री विश्वकर्मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२६
  • |
  • 443 पटक हेरिएको

युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले आर्थिक वर्ष २०७७–०७८ को बजेटमाथि जवाफ दिँदै यस वर्ष नयाँ कार्यक्रमहरु कुनै पनि नआएको बताएका छन् । गत जेठ १५ मा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३८ करोड बजेट विनियोजन गरेका थिए ।

मन्त्री विश्वकर्माले सांसहरुले उठाएको प्रश्नको जवाफमा कुल बजेटको ०.१६ प्रतिशत बजेट विनियोजन भएकाले नयाँ काम भन्दा पनि पुरानै र अत्यवाश्यक कामका लागि मात्रै खर्च हुने बताए ।

बजेटले सबै कुरा सम्बोधन हुन नसके पनि खेल संघहरुलाई बजेट विनियोजन गरेको, खेलाडीहरुलाई दुर्घटना विमा लगाएतका काममा सरकारले बजेट विनियोजन गरेको बताएका छन् । १३ औं सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई पनि मासिक ६ हजार प्रदान गर्ने बताएका छन् । राष्ट्रिय खेल भलिबल र लोकप्रिय खेल फुटबलका विभिन्न प्रतियोगिताका लागि बजेट विनियोजन गरिएको पनि बताए ।

बजेटमाथिको छलफलका क्रममा सांसदहरुले मन्त्रीको क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै आरोप लगाएकोमा उनले त्यसलाई प्रष्ट पारेका थिए । नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा बजेट विनियोजन भएको बताउँदै आफ्नो निर्वाचन क्षेत्र नम्बर तीनमा जम्मा १० लाखको योजना परेको जानकारी दिए ।
पूर्वाधार निर्माणको कामसँगै खेलाडीको सुरक्षा लगाएतका कुरा सरकारको जिम्मामा रहेको पनि मन्त्रीले बताए । निर्माणधिन पूर्वाधारहरु सम्पन्न गर्ने गरि काम हरु शुरु गरिएको बताए । विरगञ्जको नारायणी रंगशाला सरकारले निर्माण गर्ने बताउँदै नेपालगञ्ज र इटहरीको रंगशाला प्रदेशस्तरीय रंगशालाको रुपमा रुपान्तरण गर्न लागि परेको जानकारी दिए । जवाफा क्रममा खेलसंघहरुको विवाद समाधान गरेको लगाएत थुप्रै फेहरिस्तहरु पेश गरेका थिए ।

मन्त्री विश्वकर्मासँग सांसदहरु रंगमति शाही,  प्रेम सुवाल र एकबाल मियाले प्रष्टकिर लिएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey