मानन्धर ईन्टरनेशनल काता च्याम्पियनसिपको फाईनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२५
  • |
  • 229 पटक हेरिएको

नेपालका करोत खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर सद्गुरु मास्टर्स अनलाईन कराते काता च्याम्पियनसिप २०२० को फाईनलमा प्रवेश गरेका छन् ।

केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्दिलाई पछाडी पार्दै मानन्धर ३५ – ४५ बर्ष उमेर समूह ‘ए’ बाट फाईनल प्रवेश गरेका हुन् । उनले सेमिफाईनलमा भारतका खेलाडीहरुलाई पछि पार्दै फाईनल यात्रा तय गरेका थिए । अव उनले उपाधीका लागि फाईनलमा स्पेनका खेलाडीको सामना गर्नेछन् ।

बिश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनसिपमा ३५ – ४५, ४५ – ५५, ५५ – ६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा गराईएको मानन्धर स्वयंले जानकारी गराएका छन् ।

नेपालबाट सो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने मानन्धर एक्ला खेलाडी हुन् । एक महिना देखि संचालन भईरहेको च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलङ्का, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो ।

अन्य बिधाको सेमिफाईनल सम्पन्न पश्चात फाईनल जुन १३ तारिखमा आयोजना हुने मानन्धरले जानकारी गराए । बिजयी खेलाडीहरुलाई मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिने छ ।

कोभिड १९ बाट बिश्व अक्रान्त भईरहेको अवस्थामा बिश्वका बिभिन्न अन्तराष्ट्रिय खेल संस्थाहरुले अनलाईन मार्फत खेलाडी तथा प्रशिक्षकहरुलाई क्रियासिल गर्दै आईरहेका छन् । त्यसै क्रममा बिश्व कराते महासंघ र एशियाली कराते महासंघको सम्वन्धनमा केरला कराते संघले उक्त च्याम्पियनसिप आयोजना गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey