स्वास्थ्यमा क्रमिक सुधार भएको छ : प्रतिभा माली

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२१
  • |
  • 862 पटक हेरिएको

नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा मालीले आफ्नो स्वास्थ्यमा क्रमश सुधार आइरहेको बताएकी छिन् ।

आरबीबी एनभीए भलिबलको फाइनल खेल्दा घाइते भएकी प्रतिभाको तत्कालै सल्यक्रिया गरिएको थियो । त्यतिबेला नै उनी कोर्टमा फर्कनका लागि ९ महिनादेखि १ वर्षको समय लाग्ने चिकित्सकले बताएका थिए ।

अहिले उनको सल्यक्रिया गरेको ४ महिना भएको छ । यस बीचका कोरोना भाइरसको महामारीका कारण नियमित फिजियो थेरापी गर्न नपाउँदा असहज महशुस गरेकी प्रतिभाले अहिले भने नियमित फिजियो गरिरहेकी छिन् ।

ललितपुरको ग्वार्कोमा रेहेको अर्थो प्लास्ट रिह्याब सेन्टरमा भेटिएकी प्रतिभासँग हामीले छाेटाे कुराकानी पनि गरेका थियाैं । लकडाउनका कारण थेरापी गर्न नपआउँदा शुरु शुरुमा अप्ठेरो भए पनि अहिले धेरै सुधार भएको हामीसँगको कुराकानीमा बताइन् । उनले भनिन् ‘अहिले स्ट्रेन्थिङ र बेन्डिङमा फोकस भइराखेको छु ।’

हेरौं उनले गरेको अभ्यास र उनीसँगको कुराकानी यो भिडियोमा

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey