खेलकुदमा बजेट सन्तुलित छ : ओलम्पिक अध्यक्ष श्रेष्ठ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-१५
  • |
  • 396 पटक हेरिएको

काठमाडौं, १५ जेठ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बजेट सन्तुलितरुपमा आएको बताएका छन् ।

सरकारले आर्थिक वर्ष २०७७–०७८ को बजेट विहीबार संसदमा पेश गरेपछि प्रतिक्रिया दिदैं कोरोना भाइरसको महामारीको प्रभाव बजेटमा परेकाले यसरको असर खेलकुदमा पनि परेको बताए ।

पूर्वाधार निर्माण लगाएतका कुराहरु बजेटमा उल्लेख भए पनि सबै कुराहरु रातो किताब हेरेर मात्रै भन्न सकिने बताए । यसैगरी कर्णालीमा पर्वतीय खेलकुद केन्द्र बनाउने कुरा सकारात्मक भएको बताउँदै यसलाई सन्तुलितरुपमा बजेट आएको व्याख्या गरे ।

विगतमा आठौंं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एशियाली खेलकुका कारण बजेट अलि बढी आएको स्मरण गर्दै अहिले आसन्न नवौं राष्ट्रिय खेलकुद पनि रहेको उल्लेख गरे । तर सागका बेला नवौं राष्ट्रिय खेलकुद हुने पोखरामा केही पूर्वाधारहरु बनि सकेकाले पनि नवौंका लागि त्यतिधेरै पूर्वाधार बनाउनु पर्ने अवस्था नरहेको पनि उल्लेख गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey