राष्ट्रियसभाबाट खेलकुद बिधेयक पुनः पारित, अब राष्ट्रपतिबाट प्रमाणीकरण हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-०७
  • |
  • 255 पटक हेरिएको

खेलकुद बिकास बिधेयक २०७५ राष्ट्रियसभाबाट पुनः पारित भएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाबाट आवश्यक छलफल र संशोधनसहित पारित बिधेयक राष्ट्रपतिले प्रमाणीकरण गरे पछि लागू हुनेछ ।
२०७५ फागुनमा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रियसभामा पहिलोपल्ट खेलकुदको बिकास तथा नियमनका लागि बनेको बिधेयक–२०७५ प्रस्तुत गरेका थिए ।


राष्ट्रियसभाले करिव ६ महिना लगाएर बिधेयक पारित गरेपछि साउनमा तल्लो सदन प्रतिनिधिसभामा पेश गरेको थियो । प्रतिनिधिसभाको शिक्षा तथा खेलकुद उपसमितिले आवश्यक संशोधनसहित गएको माघ महिनामा बिधेयक पारित गरेको थियो ।
राष्ट्रियसभाबाट उत्पत्ति भएकाले बिधेयक पुनः उपल्लो सदनमा पुगेको हो र बुधबार बसेको राष्ट्रियसभा बैठकले बिधेयक पुनः पारित गरी राष्ट्रपति कार्यालयमा पठाउने तयारी गरेको हो ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि खेलकुदमा नयाँ कानून लागू हुनेछ । योसँगै २०४८ सालमा बनेको कानून रद्ध हुनेछ । संघीय संरचनाअनुसार समयानुकुल हुने गरी ल्याइएको नयाँ बिधेयक खेलकुदको बिकाशका लागि प्रभावकारी हुनेमा खेलकुद मन्त्रालय विश्वस्त छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey