मार्सल आर्ट्समा खेलाडीका लागि ‘एन्टी भाइरस’ किट्स बन्नुपर्ने सुझाव

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-०६
  • |
  • 198 पटक हेरिएको

कोरोना भाइरसको लकडाउन खुलेपछि मार्सलआर्ट खेलमा धेरै परिवर्तन हुने संभावना रहेको छ । कबड्डी, कुस्ती, बक्सिङ, तेक्वान्दो, कराँते जस्ता खेलमा एक अर्कालाई नछोइ खेल्न नसकिने अवस्था रहेको छ । यस्तोमा यो खेलमा खेलाडीले एक अर्कालाई नछोई खेल हुनु असम्भव जस्तै रहेको छ ।

यस्तैमा अन्तराष्ट्रिय कबड्डी संघले विभिन्न देशका खेलाडी, प्रशिक्षक र अफिसियलसँग खेलाडीलाई संक्रमणबाट बचाउन कस्तो प्रयास गर्न सकिन्छ भन्नेमा सुझाव मागेको छ । जसमा केहि नियम परिवर्तन गर्न सकिने संभावना पनि रहेको छ । मार्सल आर्टका पाँच खेलका अन्तराष्ट्रिय रेफ्रिले आफ्ना सुझाव विश्व महासंघलाई दिएका छन ।

जसमा कबड्डीमा रेडरको बोनसलाईन क्रस गर्नेलाई डबल अंक दिनुपर्ने, खेलाडीको लागि एन्टी भाइरस किट्स बन्नुपर्ने, जसले खेलाडीलाई सुरक्षित र आरामदायी हुनुपर्ने बताइएको छ । यसमा उनीहरुले इरानी खेलाडीले हिजाव लगाएर खेल खेलेजस्तै खेलाडीलाई पनि संक्रमणबाट जोगिनका लागि विशेष किट्स बनाउनुपर्ने बताइएको छ ।

कुस्तीमा कुनैपनि खेलाडीको प्रशिक्षण सुरु हुनुभन्दा अगाडी अनिवार्य क्वारेन्टिन हुनुपर्ने, बन्द प्रशिक्षण हुँदा क्याम्प भन्दा बाहिर जान निषेध गर्नुपर्ने, च्याम्पियनसिप भन्दा पहिला सबै खेलाडी, प्रशिक्षक र अफिसियको परिक्षण हुनुपर्ने, यसका लागि संघसँग परिक्षणमा लाग्ने खर्च लिनुपर्ने सुझाव दिइएको छ । यस्तै प्रशिक्षण गरिने म्याटमा पनि नियमित रुपमा स्यानिटाइज छर्नुपर्ने बताइएको छ ।

कराँतेमा अनलाईन तथा स्किल प्रतियोगितामा जोड दिनुपर्ने बताएका छन । यसको कारण जव खेलाडीहरु खेलमा फर्किन्छन, उनीहरुको स्किल झन बढि होस भन्ने चाहना छ ।

बक्सिङमा खेलाडीको क्लोजर रेंज, क्लिपिङ र होल्डिङ गर्न नपाउने र उनीहरुले खेल्दा लगाउने सबै किट्सलाई निर्मलीकरण गर्ने बताएका छन । खेलाडीका लागि मेडिकल स्क्रिनिङ हुुनपर्ने बताइएको छ ।

तेक्वान्दोमा ओलम्पिकमा खेलाडीले लगाउने ड्रेस परिवर्तन गरिनुपर्ने सुझाव दिइएको छ । जसमा हेड गेयर, क्राउन गार्ड, चेस्ट गार्ड, स्किन गार्ड र ग्लब्समा परिवर्तन ल्याउनुपर्ने बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey