काेराेना असर: अन्तराष्ट्रिय ओलम्पिक कमिटीद्वारा सबै सदस्य राष्ट्रसँग छलफल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-१४
  • |
  • 201 पटक हेरिएको

टाेकियाे ओलम्पिककाे आयाेजना मिति १ वर्ष सार्ने प्रस्ताव अनुमाेदनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले सबै सदस्य राष्ट्रसँग भिडियाे कन्फ्रेन्समार्फत छफलका गरेको छ ।

आइओसी अध्यक्ष थाेमस बससहितकाे टाेलीले सदस्य राष्ट्र नेपाल ओलम्पिक कमिटी एनओसी अध्यक्ष सांसद जीवनराम श्रेष्ठसँग पनि कुराकानी गरेकाे थियाे ।

शुक्रबार भएकाे भिडियाे कन्फ्रेन्समा यसै वर्ष जुलाइमा निर्धारित ओलम्पिक काेराेना भाइरसका कारण समयमा आयाेजना गर्न कठिनाइ भएकाे र जी-२० का नेताहरु, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी तथा काेराेना महामारीग्रस्त देशका ओलम्पिक कमिटीका प्रतिनिधिबाट आएकाे प्रस्तावबारे नेपाल ओलम्पिक कमिटीलाई औपचारिक जानकारी गराइएकाे थियाे । कन्फ्रेन्सका क्रममा टाेकियाे ओलम्पिक लक्षित छात्रवृत्ति पाएका खेलाडीहरुका लागि छात्रवृत्ति अवधि एक वर्ष लम्बिने, ओलम्पिकका लागि एक्रिडियसन कार्ड आवेदनका लागि नयाँ कार्यतालिका बनाउनेबारे कुराकानी भएकाे थियाे ।

ओलम्पिकाे नाम टाेकियाे ओलम्पिक २०२० नै राख्नेबारे प्रस्ताव भएकाे छ । आइओसीकाे अर्काे कन्फ्रेन्स अप्रिल महिनामा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey