किसानबाट क्युरेटर बनेका मधु लामाकाे कथा (भिडियाेमा)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-०५
  • |
  • 481 पटक हेरिएको

नेपालमा कुनैपनि प्रतियोगिता हुँदा पहिलो काम मैदानको तयारी हुन्छ । जसका लागि ग्राउण्ड स्टाफ देखि क्युरेटरको पहिलो काम हुन्छ, पिच तयार पारेर मैदानलाई खेल्नका लागि तयार बनाउने ।

त्यसमा पनि कीर्तिपुर मैदानमा हुने प्राय सबै प्रतियोगिताका लागि मैदान तयार पार्ने पहिलो काम मधु लामासहित १४ जनाका जिम्मा हुन्छ । चाहे त्यो पिच बनाउने होस या आउटफिल्ड । पछिल्लो चार बर्षदेखि क्युरेटरका रुपमा काम गरिरहेका तामाङले कीर्तिपुर मैदानमा विताएको १५ बर्ष हुन लाग्यो । कीर्तिपुरको पिच बनाउने पूर्व क्युरेटर कोमल पाण्डेसँगको संगतपछि लामा क्युरेटरमा होमीए ।

याे पेशा कस्ताे सजिलाे छ भन्दा लामाले भने ‘गाह्रो भन्दा पनि यो एउटा मौका हो । यसबारेमा १२–१४ वर्षदेखि नै काम गर्न थालेको हो त्यसैले पिचको बारेमा पनि धेरै अनुभवहरु थाहा भयो । मलाई चै सरहरुले क्युरेटर हुने मौका दिनुभयो । त्यो भन्दा अगाडि के गर्नुहुन्थ्यो ? म ग्राउन्ड स्टाफको भुमिकामा काम गर्थे , पिच बनाउने घाँस काट्ने गर्थे । मैदानमा कस्तो घाँस राख्ने जस्तो अनुभव भयो र त्यो काम मैले १० वर्षजति गरे । क्यानले मलाई क्युरेटरको भुमिकामा पठाउनुभयो र काम गर्न थालेको ४ वर्ष भयो ।’

यो क्षेत्रमा लाग्नुमा उनकाे कथा राेचक छ । ‘मेरो एकजना सालो थियो स्टाफको भुमिकामा र यहाँ क्युरेटरको माग थियो र उसैको मार्फत चै यहाँ आए । त्यो बेला मलाई क्रिकेटको ज्ञान थिएन । विस्तारै बुझ्न थाले । त्योभन्दा अघि चै तेही जंगली घाँसहरु काट्ने मैदान सफा गर्ने गर्थे ।’

नेपालमा कुनैपनि प्रतियोगिता हुँदा पहिलो काम मैदानको तयारी हुन्छ । जसका लागि ग्राउण्ड स्टाफ देखि क्युरेटरको पहिलो काम हुन्छ, पिच तयार पारेर मैदानलाई खेल्नका लागि तयार बनाउने । त्यसमा पनि कीर्तिपुर मैदानमा हुने प्राय सबै प्रतियोगिताका लागि मैदान तयार पार्ने पहिलो काम मधु लामासहित १४ जनाका जिम्मा हुन्छ । चाहे त्यो पिच बनाउने होस या आउटफिल्ड । पछिल्लो चार बर्षदेखि क्युरेटरका रुपमा काम गरिरहेका तामाङले कीर्तिपुर मैदानमा विताएको १५ बर्ष हुन लाग्यो ।

उनी भन्छन ‘मेरो तिन दाजुभाई हो । म माइलो हुँ र म पहिले किसान थिए । खेतीपाति गर्थे र म १९ वर्षको हुँदा बुबा बित्नुभो । किसान भएको हुँदा र आर्थिक अवस्था राम्रो नहुँदा ७ कक्षाभन्दा धेरै पढ्न पाइएन । ४ वर्ष चै ट्रान्समिटर बनाउने काम गरे तर सो काममा पनि मलाई चित बुझेन । त्यसैबिच टियु मैदानमा काम गर्ने मौका पाए र यहाँ आएदेखि यहाँ नै छु । १२ हजार तलब छ र आफुले प्रयोग गरेर बाँकी रहेको ८–९ हजार परिवारलाई दिने गर्छु ।’

परिवारले कहिले काहि डाइलग हान्दा उनी यसलाइ सहज रूपमा लिन्छन । उनले भने  ‘बिचमा हुन्थ्यो,तपाईको पैसाले छारीको स्कुल फि तिर्न पनि पुग्दैन भन्छन् । कहिले त अर्को काम खोजौँ भन्ने हुन्छ तर फेरी तलैबाट सिक्नुपर्ने हुन्छ । यहीँ खेल हुँदा चै चार पाँच सय रुपैँया भता आउँछ त्यसले पनि केही राहत पुग्छ । कहिलेकाँही तलब आउन ढिलो हुन्छ त्यो बेला चाहि निकै गाह्रो हुन्छ । अब चै तलब बढ्छ भन्नुभाछ अब तलब आउँदा थाहा हुन्छ कति बढ्यो भनेर ।’

हेराै बाँकी भिडियाे रिपाेर्टमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey