मल्पीलाई काष्ठमण्डप कप

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१६
  • |
  • 188 पटक हेरिएको

काठमाडौं, १६ फागुन । डिफेन्डिङ च्याम्पियन मल्पी पाँचौं काष्ठमण्डप कप ए लेभल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ ।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपमा भएको फाइनलमा मल्पीले नामीलाई ७–६ ले पराजित गर्‍यो । मल्पीका पविन राई र आर्यन शर्माले समान ३–३ तथा मनीष श्रेष्ठले १ अंक जोडे । मल्पी च्याम्पियन बनेको यो लगातार चौथोपल्ट हो । पहिलो संस्करणमा मल्पी सहभागी थिएन । विजेता र उपविजेता दुवै टोलीका प्रशिक्षक राष्ट्रिय बास्केटबल खेलाडी रोबिन खत्री हुन् ।

शुक्रबारै भएको सेमिफाइनलमा मल्पीले चेल्सीलाई १२–८ तथा नामीले र आयोजक काष्ठमण्डप ‘ए’ लाई २१–१९ ले हराउदै फाइनल भेट पक्का गरेका थिए । मल्पीका आर्यन शर्माले ८ तथा नामीका आङ फुर्वाले १८ स्कोर गरे । मल्पीका आर्यन शर्मा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई बास्केटबलका प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी र काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल शिवा थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

पाँचौं काष्ठमण्डप कप ए लेभल अन्तरकलेज छात्र बास्केटबलका एमभीपी आर्यन शर्मा ट्रफीसाथ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey