नेपाली क्रिकेट टिमको विदाई, लक्ष्य उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१४
  • |
  • 167 पटक हेरिएको

थाइल्याण्डमा हुने एसीसी इस्र्टन रिजन च्याम्पियनसिप खेल्ने नेपाली टिमको आज विदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बिदाई गरे ।

ले नेपाली सिनियर टिमलार्ई करिव चार बर्षपछि विदाई गरेको हो । नेपाल क्रिकेट संघ क्यानको निलम्बन आंशिक रुपमा फुकुवा भएपछि नेपाली टिम पहिलो पटक विदेश भ्रमणमा जाँदैछ ।

थाइल्याण्डमा हुने एसीसी इस्र्टन रिजन टी २० क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमले करिव डेढ साता नेपालमा प्रशिक्षण गरेको थियो । जसमा खेलाडीले केहि म्याच प्राक्टिसका साथै प्रशिक्षण गरेका थिए ।

१७ गतेबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्नेछ । नेपाल र मलेसिया पछिल्लो पटक औपचारिक रुपमा सिंगापुरमा भएको टी २० विश्वकपको एशिया छनोटमा खेलेका थिए ।

यहि प्रतियोगिताको तयारीका लागि मलेसियाले घरेलु भूमीमा हङकङसँग पाँच वटा टी २० खेलेको थियो । जसमा उसले पाँच वटै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

नेपाली टिमका प्रशिक्षक जगत टमाटा र कप्तानले यो प्रतियोगितामा टिमको लक्ष्य उपाधि नै रहेको बताएका छन । मलेसिया, सिंगापुर, हङकङ र थाइल्याण्डको सहभागिता रहेको प्रतियोगिताका शिर्ष दुई टिमले मलेसियामा हुने एशिया कप छनोट खेल्नेछन ।

टिमलाई विदाई गर्दै क्यानका पदाधिकारीले थाइल्याण्डको भूमीमा राम्रो गर्नेमा विश्वस्त रहेको बताए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey