नेपाली भलिबलमा मानबहादुर श्रेष्ठकाे नाम नचिन्ने कमै हाेला । तर उनी जति चाँडाे चर्चाकाे शिखरमा पुगे, त्यति नै चाँडाे विवादमा पनि परे र राष्ट्रिय टिमबाट बाहिर पनि भए । नेपाल भलिबल संघका पदाधिकारीकाे असन्तुष्टीका कारण उनी एकाएक टिम बाहिर परे ।
नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई खेलाडी छनोटको आधार बनाइएको बेला मानबहादुर उक्त प्रतियोगिता नखेलेर जापानको लिग खेल्न गएकै कारण पनि उनी टिममा परेका थिएनन् । इन्डोर भलिबलको राष्ट्रिय टिममा २०१५ देखि खेल्दै आएका मानबहादुर भलिबलका स्टार खेलाडी मानिन्छन् । उक्त आठौं राष्ट्रिय खेलकुद नखेलेकै कारण इन्डोर भलिबलबाट झण्डै १० महिना बाहिर बसेपछि उनले नसियत पाइसकेका छन् भने उनी यस बीचमा राष्ट्रिय ‘विच’ भलिबल खेल्ने अवसर पाए ।
१३ औं सागमा उन विच भलिबल खेले पनि क्वाटरफाइनल भन्दा अगाडि उनको यात्रा बढेन । विच गेममा गरेको प्रदर्शन र प्रतिभावान खेलाडी भएकै कारण राष्ट्रिय भलिबल टिममा उनले फेरि स्थान त पाएका छन् अन्तिम टिममा पर्नका लागि उनको मेहनत पनि धेरै नै छ । अहिले १९ मध्य २ खेलाडी अनुपस्थित भएकाले १७ जना खेलाडीले नियमित प्रशिक्षण गरिरहेका छन् ।
महिला टिमलाई एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक र १३ औं सागमा रजत पदक दिलाउने प्रशिक्षक भट्टको निगरानीमा रहेको पुरुष टिमका सदस्य मानबहादुरले नेप्लेजसँगको कुराकानीमा भने ‘नियमित अभ्यास गरिरहेको छु । तर घाइते भएकाले जम्प लिन नसकेकाले रंगशालामा गएर आफ्नै तरिकाले अभ्यास गरेको छु ।’
एभीसी सेन्ट्रल जोनमा नेपाललाई मेडल दिलाउने लक्ष्य रहेको बताउँदै मानबहादुरले आइतबारदेखि आफू पूर्णरुपमा प्रशिक्षणमा फर्कने सक्ने विश्वास व्यक्त गरे । नेपाली टिममा पटक पटक विदेशी प्रशिक्षक आए पनि यस प्रतियोगिताका लागि विदेशी प्रशिक्षकको आवश्यकता नपर्ने बताए ।
उनले भने ‘नेपालकै प्रशिक्षक राम्रो हुनुहुन्छ, उहाँहरुले सिकाएका कुराहरुलाई हामीले राम्रो तरिकाले लागु गर्न सक्नु पर्छ ।’ कतिले आफूलाई सेल्फिस भन्ने गरेको सुनेको बताउँदै उनले भने ‘ भलिबल टिम गेम हो, यो कुरा मलाई राम्रोसँग थाहा छ, सवै मिलेर नै खेल्ने हो, विगतमा पनि खेलेको छु, र अहिले पनि खेलिरहेको छु । आफूलाई यस्ता कुराहरुले कहिलेकाँही दुःख लाग्ने गरेको छ ।’ आफू दुःख गरेर नै अहिलेको अवस्थामा पुगेको बताउँदै यसबाट निरुत्साहित भने नभएको बताए ।
‘यदि मैले गल्ति गरेको छु भने सच्याउन जहिले पनि तयार छु ।’ आफूले भलिबलबाहेक अरु नसोँचेको बताउँदै अझै नेपाली टिमबाट खेल्ने प्रष्ट पार्दै अहिले नेपाल भलिबल संघले कोपिला उप्रेतीलाई सम्मानजनक विदाई गरेकोमा खुसी पनि व्यक्त गरे ।
मानबहादुरसँगको कुराकानी