गीताञ्जली र ग्रिनफिल्डलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-०३
  • |
  • 202 पटक हेरिएको

गीताञ्जली र ग्रिनफिल्डले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत भलिबलमा शनिबार च्याम्पियन बनेका । गीताञ्जली ब्वाइज तथा ग्रिनफिल्ड गल्र्समा पहिलो भए ।

बसुन्धरास्थित ऋत एकेडेमीमा भएको ब्वाइज फाइनलमा गीताञ्जलीले जुबिलियन्टलाई २५–१०, २५–१८ र २५–२३ को सोझो सेटमा पराजित ग¥यो ।

गल्र्सको उपाधि भिडन्तमा ग्रिनफिल्डले ऋतलाई २५–७, २५–४ र २५–८ को सीधा सेटमा हरायो । विजेतालाई आयोजक काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी, सह–सचिव आनन्दकुमार यादवलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १८ र गल्र्समा ५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

बास्केटबल: सीसीआरसी फाइनलमा
सीसीआरसी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबलको ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ ।

सीसीआरसीले आइन्सटाइनलाई ५१–३१ ले पराजित ग¥यो । सीसीआरसीको जितमा रोशन श्रेष्ठले १६ अंक योगदान गरे । ब्वाइजमै आदर्श बस्नेतको ९ अंक सहयोगमा जेभियर इन्टरनेसनल कलेजले टाइम्सलाई ३८–३६ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । सेमिफाइनलमा जेभियरले साइपाल विरुद्ध खेल्ने छ ।

गल्र्समा मोर्गनले ऋतलाई २६–६ ले सहजै पाखा लगाउदै साइपालसंग फाइनल भेट पक्का ग¥यो । मोर्गनकी प्रजिता कार्कीले ८ अंक जोडिन् ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey