एपिएफ र पुलिस विजयी, डायमन्डको मिश्रित नतिजा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२७
  • |
  • 275 पटक हेरिएको

काठमाडौं, २७ माघ । विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा लगातार तेस्रो सफलता हात पार्दा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्टस् क्लबले मिश्रित नतिजा निकालेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा सोमबार भएको खेलमा एपिएफले डायमन्डलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा लगातार तेस्रो सफलता हात पारेको हो । पहिलो सेट २१–२५ ले गुमाएपनि एपिएफले त्यसपछिको तीन सेटमा २५–८, २५–१४ र २५–१६ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।

यससँगै अपराजित रहेको एपिएफले १२ खेलबाट ३५ अंक जोडेर शीर्षस्थानलाई यथावत राख्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

एपिएफसँग पराजित हुनुअघि डायमन्डले बुलबुले रारा भलिबल क्लबमाथि ३–१ को सेटमा जित निकाल्न सफल भएको थियो । पहिलो र दोस्रो सेट २५–२२ र २५–१२ ले सहजै आफ्नो पक्षमा पारेको डायमन्डले तेस्रो सेट १८–२५ ले गुमाएको थियो । तर, चौथो सेट डायमन्डले २५–१६ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।यस नतिजापछि १२ खेलबाट २२ अंक जोडेर चौथो स्थानमा यथावत छ । बुलबुले १३ अंक जोडेर छैटौ स्थानमा यथावत छ ।

यस्तै अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लबले चितवन टाइग्रेसमाथि ३–१ को जित निकालेको छ । पुलिसले चितवनमाथि २५–२३, २५–२१, १७–२५ र २५–२० को सहज जित निकाल्यो । जितसँगै पुलिसले शीर्षस्थानको एपिएफलाई पछ्याइरहेको छ । पुलिसको १२ खेलबाट ३४ अंक पुगेको छ ।

दोस्रो राउन्डमा मंगलबार तीन खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा आर्मी र बुलबुले, पुलिस र डायमन्ड तथा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey