अर्किड कप: भीमेश्वर र केभीएसको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२७
  • |
  • 231 पटक हेरिएको

भीमेश्वर एकेडेमी र काठमाडौं विनायक शिक्षालय (केभीएस) पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार विजयी भएका छन् ।

भीमेश्वरले निर्मल ज्योतिलाई टाइब्रेकरमा ६–५ गोलले पराजित गर्‍यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । केभीएसले पुष्प वाटिकालाई ५–० गोलले हरायो । केभीएसका अविरल थापाले ३ तथा नविन रोकाया र कृष्ण मखिमले १–१ गोल गरे ।

अर्किड स्कुलद्वारा आयोजित प्रतियोगितामा गोल्डेन बड, ब्रम्हकुञ्ज र लाइसियम प्याराडाइसले जित हात पारे ।

गोल्डेन बडले न्यु होलीक्रसलाई १–० गोलले पाखा लगायो । गोल्डेन बडका प्रभात मगरले निर्णायक गोल गरे । ब्रम्हकुञ्जले पाणेनीलाई ३–० गोलले पन्छायो । विजयी टिमका लागि आभूषण थापाले २ तथा कृष्ण खड्काले १ गोल गरे । लाइसियमले नवजीवनमाथि १–० को कठिन जित दर्ता गर्‍यो । लाइसियमका आर्यन खड्काले गोल गरे ।

पुष्प वाटिकाका सचिन विष्ट, निर्मल ज्योतिका विनय दाहाल, न्यु होलीक्रसका पुजन थापा, पाणेनीका आर्मन खड्का र नवजीवनका मानुब खड्का ‘म्यान अफ द म्याच’ घोषित भए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey