भलिबल खेलाडी प्रतिभा मालीले कम्तिमा ३ महिना खेल्न नसक्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१३
  • |
  • 206 पटक हेरिएको

काठमाडौं, १३ माघ । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी ओपन स्पाइकर प्रतिभा मालि ९ महिना कोर्ट बाहिर हुने भएकी छिन् ।

हालै भएको पाँचौं आरबीबी एनभीए क्लब च्याम्पियनसिपको फाइनल खेलमा न्यु डायमण्ड स्पोर्टस क्लबबाट खेलेकी प्रतिभाले चोट बोकेपछि कोर्टमा फर्कन समय लाग्ने भएको हो ।

एपीएफसँगको फाइनल खेलमा प्रतिभा तेस्रो सेटमा लडेकी थिइन् । त्यतिबेला खुट्टा फर्किए पछि दशरथ रंगशाला नजिकैको ब्लुक्रस अस्पताल लगिएको थियो ।

त्यतिबेला खुट्टामा ब्लड जमेकाले तत्काल एमआरआई गर्न सकिएको थिएन । सोमबार एमआरआई गरिएको थियाे । जसबाट उनकाे खुट्टकाे सल्यक्रिया नै गर्नुपर्ने देखिएकाे छ । जसका कारण उनले लामाे समय खेलबाट बिश्राम लिनुपर्ने भएकाे छ ।  । तर एमआरआईको रिपोर्ट भने आइसकेको छैन ।

एभीसी सेन्ट्रल जाेनकाे सर्वाेत्कृष्ट खेलाडीकाे उपाधि ग्रहण गर्दै । बंगलादेश (फाइल तस्वीर)

अहिले पनि खुट्टा खुम्चाउन अप्ठेरो परेको र मंगलबार ब्लुक्रस अस्पतालका मेडिकल इन्चार्ज प्रज्वलमान श्रेष्ठले एमआरआई रिपोर्ट हेरेपछि थप बताउन सकिने जनाइएको छ ।

लिगामेन्ट च्यातिएको भए कम्तिमा ६ महिना देखि ९ महिनासम्म रेस्ट गर्नुपर्ने अवस्था आउन सक्ने अस्पताल श्रोतले जनाएको छ । तर यस विषयमा मंगलबार दिउँसो मात्रै पूर्ण जानकारी आउने बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey