पर्थबिरूद्ध सन्दिपकाे मध्यम प्रदर्शन, २९ रन दिएर एक विकेट लिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०४
  • |
  • 180 पटक हेरिएको

बिग ब्यास क्रिकेट लिगमा सन्दिप लामिछानेले चार ओभरमा २९ रन खर्चिएर एक विकेट लिएका छन ।

टिमको सातौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले सात रन दिएर एक विकेट लिए । पहिलो बलमा नै चौका खाएका सन्दिपले दोस्रो बलमा एक रन दिए भने तेस्रो बल डट फाले । तर तेस्रो बलमा उनले लिभिङस्टोनलाई आउट गरे । उनले कार्टराइटको हातबाट उनलाई १८ रनमा पेभेलियन फर्काउ । त्यसपछि बाँकी दुई बलमा उनले एक एक रन दिए ।

दोस्रो ओभरमा उनले नौ रन दिए ।

टिमको नबौं तथा ब्यक्तिगत दोस्रो ओभरमा पहिलो बल उनले डट फाले । त्यसपछि तीन बलमा एक एक रन खर्चिएका सन्दिपले चौथो बल डट फाले । पाँचौ बलमा चौको खाएका सन्दिपले ओभरको अन्तिम बलमा दुई रन खाए ।

तेस्रो ओभरमा उनले मात्र चार रन खर्चिए ।

टिमको १४ औं तथा ब्यक्तिगत तेस्रो ओभर लिएर आएका सन्दिपले पहिलो र दोस्रो बलमा एक एक रन दिएका थिए । त्यसपछि तेस्रो बलमा पनि उनले एक रन खर्चिए भने चौथो बलमा पनि एक रन दिए ।

ओभरको पाँचौ बल डट फालेका सन्दिपले अन्तिम बलमा पनि डट फाले ।

त्यसपछि आफ्नो अन्तिम ओभरमा सन्दिपले १० रन दिए । टिमको १७ औं ओभर लिएर आएका उनले पहिलो बलमा दुई रन दिए भने दोस्रो बलमा एक रन तथा तेस्रो र चौथो बलमा एक एक रन दिए ।

त्यसपछि उनले पाँचौ बलमा एक रन दिएका सन्दिपले अन्तिम बलमा चौका खान पुगै ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey