सरस्वती विरुद्ध कठिन जित निकाल्दै आर्मी लिगको शिर्ष स्थानमा उक्लियो

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२४
  • |
  • 204 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती विरुद्धको खेलमा विभागिए टिम त्रिभुवन आर्मीले एक शुन्यको झिनाे जित निकालेकाे छ ।

दशरथ रंगशालामा भएकाे खेलमा आर्मीले लिगकाे पुछारमा रहेकाे सरस्वती बिरूद्ध कठिन जित निकाल्याे ।  तुलनात्मक रुपमा कमजोर र जारी लिगमा एक खेल पनि जित्न नसकेको सरस्वती विरुद्ध आर्मीले ३० औं मिनेटमा दिनेश हेम्जनको पासमा जर्ज प्रिन्स कार्कीले गोल गर्न सफल भए ।

त्यसपछि पनि आर्मीले सरस्वतीलाई दबाव दिएपनि गोल थप्न सकेन । दाेस्राे हाफमा पनि अार्मीले बारम्बार माैका पाउँदा पनि गाेल थप्न सकेन जसका कारण उसले एक शुन्यकाे झिनाे अन्तरले बिजयी भयाे । जितसँगै अार्मीले ५ खेलमा १२ अंक बनाउँदै शिर्ष स्थानमा उक्लिएकाे छ । सरस्वती भने अझैपनि एक खेल जितेकाे छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey