हात मिलाउनुपर्ने ठाँउमा झगडामा उत्रिएपछि…(भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२१
  • |
  • 184 पटक हेरिएको

घरेलु फुटबलमा दुई ठूला क्लवबीच खेलमा तिब्र प्रतिस्पर्धा हुनु स्वभाविक हो, तर जब स्टार खेलाडी त्यसमा पनि बलिया क्लवका खेलाडीले आफ्ना अनुशासन गुमाउछन, तब खेलभावना विपरित उनीहरु झगडामा उत्रन्छन् ।

ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङदी र मच्छिन्द्र क्लव विचको खेलमा पनि यस्तै भयो । पुरै ९० मिनेट गोलका लागि प्रतिस्पर्धा गरिरहेका दुई टिमका खेलाडी खेल सकिएपछि साच्चिकै झगडामा उत्रिए ।

अष्ट्रेलियामा बस्दै आएका राष्ट्रिय टिमका पूर्व सदस्य जगजित श्रेष्ठले मच्छिन्द्रका दिपक राईलाई मुख छाडे । त्यसपछि सुरु भयो झगडा । जुन साम्यपार्न पुलिस नै मैदानमा छिर्नुपरेको थियो । जसमा मनाङ र मच्छिन्द्रका खेलाडीहरु मुछिए । म्याच रेफ्रि श्रवणकुमार तामाङलाई पनि अचानक उब्जिएको झगडाले अचम्ममा परे ।

उनी आफैले सो झगडा साम्यपार्न निकै कठिन थियो । त्यसपछि बेञ्चमा रहेका मनाङका रञ्जन विष्ठ र मच्छिन्द्रका विजय धिमाल पनि मैदान छिरेर झगडामा संलग्न भएका थिए। रेफ्रीले झगडामा संलग्न मनाङका रञ्जनलाई रातो कार्ड दिए। त्यसैले झगडालाई साम्य पार्न एकदर्जन पुलिस मैदानमा पुगेका थिए । यतिमात्र होइन क्लवका पदाधिकारी र एन्फा अफिसियलपनि झगडालाई साम्य पार्न लगोका थिए ।

केहि बेरको अशान्त वातावरणपछि झगडा त शान्त भयो, तर जुन हरकत खेलाडीले मैदानमा देखाए, त्यसले अनुशासनमा भने ठुलो प्रश्न उठाएको छ । जगजित श्रेष्ठ राष्ट्रिय टिममा हुँदापनि अलि सन्काहा प्रवृतीका खेलाडी भन्ने गरिन्थ्यो । अचानक रिसाउने उनको बानीले टिमका सदस्यपनि उनलाई सम्झाउने गर्थे । आज उनकै कारणले झगडा सिर्जन भएको बिपक्षी खेलाडीको भनाई छ ।

अब यो घटनाले अखिल नेपाल फुटबल संघ एन्फाले कुन रुपमा लिन्छ, त्यो हेर्न बाँकी छ । दुई टिमका खेलाडीको ब्यक्तिगत इगोका कारण यो घटना भएको भनाई क्लवका पदाधिकारीको छ । यसै सिजन मनाङबाट ६ जना खेलाडी मच्छिन्द्रमा गएका थिए । जसको रिस मनाङका खेलाडीलाई परेको हुन सक्छ ।
हेराै भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey