हाइप्राेफाइल टिम मनाङ र मच्छिन्द्रले बराबरी खेले

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२१
  • |
  • 180 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मनाङले मच्छिन्द्र क्लवसँग बराबरीमा चित्त बुझाएको छ । मनाङले बलियो प्रतिद्धन्द्धी मच्छिन्द्र क्लवसँग दुई दुई गोलको बराबरी खेल्यो । यो बराबरीपछि पनि मनाङ लिगको शिर्ष स्थानमा एथावत रहेको छ ।

दशरथ रंगशालामा भएको खेलमा मनाङले सुरुवाती अग्रता जोगाउन सकेन र अन्तिममा विमलको गोलमा हार टार्यो । खेलको दोस्रो मिनेटमा प्रतिबन्ध पछि खेलमा फर्किएका अञ्जन विष्टको पासमा फेमीले गोल गर्न सफल भए ।

त्यसपछि १२ औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा फेरी पनि फेमी नै गोल गर्नबाट चुके । त्यसपछि २१ औं मिनेटमा रञ्जित धिमालको फ्रिकिकमा एडीजेलाले पाएको अवसरमा चुक्न पुगे ।

३२ औं मिनेटमा रञ्जितकै फ्रिकिकमा पिटरले गोलको सुन्दर अवसर खेर फाले । ३९ औं मिनेटमा मच्छिन्द्रका अभिशेख रिजालको प्रहारलाई मनाङका गोलकिपरले बचाए ।

त्यसपछि ४३ औं मिनेटमा रञ्जित धिमालको क्रसमा मच्छिन्द्रका अभिशेख रिजालले अर्को गोलको अवसर गुमाए ।

पहिलो हाफमा एक गोलले पछि मच्छिन्द्रले दोस्रो हाफको सुरुवातमा नै खेल बराबरी गर्न सफल भयो । उसका लागि सोमिडेको पासमा सुजल श्रेष्ठले गोल गरे ।

खेल एक एक गोलको अवस्थामा रहेका बेला ८१ औं मच्छिन्द्रले खेलमा अग्रता बनायो । उसका लागि विदेशी खेलाडी एडीजेलाले गोल गर्न सफल भए । खेलको अन्तिममा मनाङले फेरी अर्को गोल थप्यो । यसपटक उसका लागि अतिरीक्त खेलाडी विमल रानाले गोल गरे । उनी खेलको ३४ औं मिनेटमा रञ्जन विष्टको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

यो बराबरी पछि मनाङको पाँच खेलमा ११ अंक भएको छ भने मच्छिन्द्रको १० अंक भएको छ ।

हेराै हाइलाइट्स

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey