रोजबड समूह विजेता

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०९
  • |
  • 202 पटक हेरिएको

आयोजक रोजबड चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बुधबार समूह ‘सी’ को विजेता भयो ।
एक खेल अगावै क्वाटरफाइनल पुगेको रोजबडले आफ्नो लिगको अन्तिम खेलमा समृद्धिलाई ५४–४१ ले पराजित ग¥यो । रोजबडका जोन सुनुवारले १९ अंक जोडे । समृद्धि पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनल पुग्न सफल भयो ।
अर्को खेलमा सीसीआरसीले युनिग्लोबलाई ६३–३९ ले हराउदै क्वाटरफाइनलमा प्रवेश ग¥यो । सीसीआरसीका निमाले १७ स्कोर गरे ।
बुधबारको खेलसंगै क्वाटरफाइनल समीकरण पनि तयार भयो । क्वाटरफाइनल सीसीआरसी र समृद्धि, ह्वाइटहाउस र ट्रिनिटी, टाइम्स र रोजबड तथा जेभियर इन्टरनेसनल कलेज र ज्ञान निकेतनबीच हुने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey