कुस्तीमा भारतकाे बर्चश्व

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२३
  • |
  • 250 पटक हेरिएको

१३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत कूस्तीमा नेपालले एक पदक जित्दा भारतले १४ स्वर्ण हात पार्यो ।

चार दिन सम्म जनकपुरमा चलेको कुस्ती प्रतियोगितामा भारत आफ्नो दबदबा बनाउन सफल रह्यो । २० वटा फरक फरक तौल समूहमा भाग लिएको भारतले १४ वटा स्वर्ण पदक हात पारेको छ भने नेपालले एक स्वर्ण पदक पाएको छ ।

भारतपछि पाकिस्तानले ३ र श्रीलंकाले दुई स्वर्ण जितेको छ भने बंगलादेशले भने कुनै समूहमा स्वर्ण जित्न सकेन । प्रतियोगिताको अन्तिम दिन आज महिला तर्फ ६८ र ७४ केजी तौल समूहमा भारतकै अनिता र गौरव बालियानले स्वर्ण जितेकी छिन् । यसैगरी ६८ केजी तौल समूहमा श्रीलंकाकी मालाले कास्य र बंगलादेशकी राइतिथीले रजत पदक हात पारेकी छिन् ।

पुरुषतर्फ ७४ केजी तौल समूहमा श्रीलंकाकी लकमलले रजत र बंगलादेशकी सेपोन शेखले काश्य पदक प्राप्त गरेका छन् । प्रतियोगितामे नेपालले एक स्वर्ण सहित ४ रजत र ८ कास्य पदक हात पारेको छ भने पाकिस्तानले तीन स्वर्ण सहित ४ रजत, श्रीलंकाले दुई स्वर्ण, १० रजत र २ कास्य पदक जितेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey