१३ औं साग : महिला भलिबलको फाइनलमा पुग्यो भारत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१४
  • |
  • 180 पटक हेरिएको

काठमाडौं, १४ मंसिर । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ । स्वर्ण पदकका लागि भारतले नेपाल र श्रीलंकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

भारतले पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । लगातार दुई सेट सहजरुपमा जितेको भारतलाई तेस्रो सेटमा माल्दिभ्सले कडा टक्कर दिएको थियो ।

पहिलो सेटको शुरुमा दुई टिमकाबीचमा प्रतिस्पर्धा देखिए पनि पछि भारत पुरै हावी भयो । भारतले माल्दिभ्सलाई पहिलो सेटमा २५–१४ ले पछि पारेको हो । दोस्रो सेटमा पनि भारतले एकतर्फी अंक बटुलेको थियो ।

फलस्वरुप माल्दिभ्स ६ अंकमा रोकिदा भारतले २५ अंक पुर्याएको थियो । यसैगरी तेस्रो सेटमा शुरुदेखि भने माल्दिभ्स हावी भएको थियो । १४–१४ स्कोरसम्म बराबरी रुपमा अघि बढे पनि भारतले त्यसपछि प्वाइन्ट तान्दै भारत अघि बढेको थियो । अन्त्यमा भारत २५–१७ ले विजयी हुँदै सागको फाइनलमा प्रवेश गरेको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey