रंगशाला परिसरमा गरियो झण्डोत्तोलन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१४
  • |
  • 235 पटक हेरिएको

‍‍काठमाडौं, १४ । १३ औं दक्षिण एसियाली खेलकुद सागको झण्डोत्तोलन गरिएको छ । त्रिपुरेश्वरस्थित राखेप परिसरमा सातै देशका सेफ द मिसनहरुले झण्डोत्तोलन गरेका हुन् ।

नेपालको तर्फबाट राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना सेफ द मिसन छन् । उनैले नेपालको झण्डोत्तोलन गरेका हुन् । सागको औपचारिक उद्घाटन आइतबार हुने छ । १३ औं सागमा भलिबल खेल यसअघि नै शुरु भइसकेको छ भने अरु खेलहरु उद्घाटन पछि शुरुहुने छ । सागमा २६ खेलका २८ इभेन्ट हुँदैछन् ।

काठमाडौं, पोखरा र जनकपुरमा गरि ३१७ स्वर्ण पदकका लागि नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र श्रीलंकाले सहभागिता जनाएका छन् ।

नेपालले सवै खेलमा सभागिता जनाएको छ भने अरु देशले आफू अनुकुलका खेलहरु छानेर सहभागिता जनाएको छ । सवै देशले सहभागिता जनाएको खेल ब्याडमिन्टन मात्रै हो । ब्याडमिन्टन खेल भने पोखरामा हुने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey