साग पुरूष भलिबलः भारतसँग नेपाल २-० ले पछाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१३
  • |
  • 183 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको पुरुष भलिबलमा नेपाल दुई सेटले पछि परेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले पहिलो सेट २५–१६ ले गुमायो । उपाधिको दावेदार भारत विरुद्ध नेपाल पहिलो सेटमा २१–१३ ले पछि परेको थियो । त्यसपछि नेपालले अरु अंक थप्न नसक्दा भारत २५–१६ ले विजयी भयो । पहिलो सेटमा नेपालले सर्भिस र रिसिभमा कमजोरी देखाएको थियो ।

दोस्रो सेटमा नेपालले सुरुवाती तीन अंक बटुलेको थियो । एक समय पाँच तीनका अवस्थामा रहेको नेपाल खेल अगाडी बढेसँग १३–६ मा पुगेको थियो । भारतको अगाडी नेपालको रिसिभमा समस्या देखिएको थियो । यसका साथै नेपालले प्रहार गरेका सटहरु कोर्ट बाहिर गएका थिए ।

मानसिक रुपमा नै नर्भस भएका नेपाली खेलाडीले कमब्याक गर्न सकेनन् । १६–६ को अवस्थामा रहेको दोस्रो सेटमा त्यसपछि नेपालले अरु ७ अंक जोड्दा भारतले २५– १३ ले जित्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey