साग महिला भलिबलः नेपाल सेमिफाइनलमा, श्रीलंका र माल्दिभ्स मध्ये एकसँग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१३
  • |
  • 190 पटक हेरिएको

नेपाली महिला भलिबल टिम १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरणकाे खेलमा भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेपछि महिला टिम सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

लगातार २ खेलमा जित निकाल्दै भारत समूह ए बाट समुह बिजेताका रूपमा अन्तिम चारमा पुग्याे भने नेपाल उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनायाे ।

प्रतियाेगितामा दुबै खेलमा हार ब्यहाेरेकाे बंगलादेश भने बाहिरीएकाे छ । समुहकाे पहिलाे खेलमा नेपालले बंगलादेशमाथि तीन शुन्यकाे साेझाे सेटमा हराएकाे थियाे भने भारतसँग तीन शुन्यले नै पराजित भएकाे थियाे । अब नेपालले सेमिफाइनलमा समुह बी काे विजेतासँग खेल्नेछ । जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey