खेलाडीकाे पुरस्कार राशीमा बृद्धी हुने, भलिबलकाे कभर्डहलका लागि जग्गा खाेज्न निर्देशन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१०
  • |
  • 204 पटक हेरिएको

नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको कर्भडहलका लागि सरकारले नै लगानी गर्ने भएको छ । जसका लागि नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले नेपाल भलिबल संघले उपयुक्त जग्गाको खोजी गर्न आग्रह गरेका छन ।

दक्षिण एसियाली खेलकुद साग अगाडी नेपाल सरकारले खेलाडीको प्रोत्साहनका लागि गरिएको कार्यक्रममा अर्थमन्त्री खतिवडाले भलिबलको कर्भडहल निर्माणका लागि काम अगाडी बढाउने बताए । यसका साथै उनले खेलाडीको रोजगारीका बारेमा सरकारले योजना बनाइरहेको बताए । यसका साथै यसपटक खेलाडीको तयारी राम्रो रहेकाले पदकको संख्या बढ्नेमा पनि विश्वस्त रहेको बताए ।

सरकारले हाल पदक जितेवाफत खेलाडीले पाउँदै आएको पुरस्कार राशिमा पनि बृद्धी गर्ने बताए । साग जित्ने खेलाडीले यसअघि स्वर्ण जित्नेले तीन लाख, रजतले दुई लाख र काश्यले एक लाख रुपैयाँ हात पार्दै आएका थिए । अब त्यो पुरस्कार राशि बढाउने भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey