मदन भण्डारी स्मृति फुटबलको उपाधि थ्रीस्टारले जित्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१३
  • |
  • 229 पटक हेरिएको

माघ १३, सुनसरी । करिव १५ महिनापछि गत महिला फुटबलमा फर्किएको लिग च्याम्पियन थ्रीस्टार क्लवले सुनसरीको इटहरीमा सम्पन्न मदन भण्डारी स्मृति गोल्डकप फुटबलको उपाधि जितेको छ ।

शनिबार इटहरी रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा चीरपरिचित प्रतिद्वन्दी मनाङ मस्र्याङदीलाई १–० गोलले हराउँदै थ्रीस्टारले उपाधि जितेको हो ।

थ्रीस्टारले उपाधिसहित १२ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

शनिबारको फाइनलमा पहिलो हाफको ३७औं मिनेटमा बुद्ध चेम्जोङले गरेको गोल थ्रीस्टारको जितमा निर्णायक बन्यो । त्यसयता मनाङले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन ।

सेमिफाइनलमा थ्रीस्टारले त्रिभुवन आर्मी र मनाङले कोलकाताको टोलीलाई हराउँदै उपाधि भिडण्त तय गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey