डब्लुसीएल क्रिकेट: विराटनगरकाे लगातार दाेस्राे जित, पाेखराकाे हारकाे क्रम राेकिएन !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०१
  • |
  • 169 पटक हेरिएको

काठमाडौंमा जारी वुमन्स च्याम्पियनस लिगमा विराटनगर टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले हरायो ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनायो । पोखराका लागि कविता कुवरले सर्वाधिक २२ रन बनाइने भने कप्तान सिता राना मगरले १६, अन्जली चन्दले १५ तथा रेवती धामीले १२ रन बनाईन् । यस्तै सरस्वती मगर १० रनमा अविजित रहिन् ।

विराटनगरकी सबनम राईले २ विकेट लिईन् । सोनु खड्काले १ विकेट लिईन् ।

जवाफमा विराटनगरले १५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

सुरुवात राम्रो गर्न नसकेपछि विरानगरका लागि ज्योती पाण्डे र लक्ष्मी चौधरीले राम्रो खेलिन । पहिलो खेलमा नै अर्धसतक प्रहार गरेकी ज्योतीले २२ रनको योगदान गरिन । यस्तै डोली भट्टले १२ तथा लक्ष्मी चौधरीले २३ रनको योगदान गरिन ।

विराटनगरले दुई रनमा पहिलो विकेट गुमाएको थियो भने ३८ रनमा दोस्रो, ५६ रनमा तेस्रो र ८६ रनमा चौथो विकेट खेर फालेको थियो । उसका लागि अन्तिममा अस्मिता कर्माचार्यले १६ रनको योगदान गरिन ।

यो जितले विराटनगरले दुई खेलमा चार अंक बनाएको छ भने पोखराको लगातार दोस्रो हार हो । पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले हराएको थियो भने पाेखरा क्वाट क्विन्स काठमाडौंसँग ८२ रनले पराजित भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey