श्रीमती विमानस्थलमै रोएपछि वार्नर मिडियाबाट पन्छिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१६
  • |
  • 71 पटक हेरिएको

चैत्र १६ । बल टेम्परिङको विवादमा परेका डेविड वार्नरले आफुलाई केहि दिन आराम चाहिएको, त्यसपछि मात्र स्पष्ट प्रतिक्रिया दिने बताए ।

अष्ट्रेलियन क्रिकेट टिमका प्रशिक्षक ड्यारेन लेमनले पदबाट राजिनामा दिएको केहि घण्टा पछि मिडियाको नजरमा नपरियोस भनेर राति अवेर सिड्नी विमानस्थलमा ओर्लिएका वार्नरलाई केहि मिडियाले कुरेर बसेका छन ।

विमानस्थलमा कुरेर बसेका सञ्चारकर्मीसँग कुरा गर्दै वार्नरले आफुले केहि दिनमा पुर्ण प्रतिक्रिया दिने बताए ।

दुई छोरीका साथै श्रीमतीसँगै स्वदेश पुगेका वार्नरको आँखामा आँशु देखिएको थियो । साथै उनकी श्रीमती कान्डिस भने निकै भावुक भएकी थिइन ।

भावुक मुद्रामा देखिएका वार्नरसँग मिडियाले कुराकानी गरिरहदा उनकी श्रीमती भने आशु झारेर रोएकी थिईन । उनलाई सम्हाल्नका लागि वार्नरले सम्हालेर गेट बाहिर लगेका थिए ।

बल टेम्परिङको विवादका कारण स्टिभ स्मिथले आफ्नो भनाई राखिसकेका छन । अष्ट्रेलियन क्रिकेट बोर्डले स्मिथ र वार्नरलाई एक एक बर्षको प्रतिबन्ध लगाएको छ । यस्तै बलर क्यामरुन बेनक्रोफ्टले पनि पत्रकार सम्मेलनमा गल्ती स्विकारीसकेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey