एकदिवशीय प्रतियाेगिता बैशाखमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१३
  • |
  • 156 पटक हेरिएको

चैत १३, काठमाडाैं । नेपालले एक दिवशीय मान्यता पाएपछि नीजि क्षेत्रले पनि ५० ओभरको प्रतियोगिता आयोजना गर्ने भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीले आगामी बैशाखमा विराटनगरमा एक दिवशीय प्रतियोगिता संचालन गर्ने भएको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिता आयोजनाको जानकारी गरायो । प्रतियोगिताको विस्तृत जानकारी भने आयोजकले केही समयपछि दिनेछ । प्रतियोगितामा सहभागी टिमको संख्या, पुरस्कार राशी लगायतको जानकारी आयोजकले दिएको छैन ।

नेपालले ऐतिहासिक एक दिवशीय मान्यता पाएको अवस्थामा ५० ओभरको यो प्रतियोगिताले नेपाली क्रिकेट खेलाडीको प्रदर्शनमा महत्वपूर्ण भुमिका खेल्ने आयोजकको दाबी छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey