डीजीएमटी क्रिकेट प्रतियाेगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१३
  • |
  • 169 पटक हेरिएको

चैत १३, काठमाडाैं ।  धनुषा क्रिकेट संघले बैशाखमा दिपक गुप्त स्मृति टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आयोजकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना सम्बन्धि जानकारी दियो । प्रतियोगितामा तीन विभागीय र दुई भारतीय सहित आठ टोलीको सहभागिता रहनेछ ।

बैशाख ७ गतेबाट सुरु हुने प्रतियोगिताका सहभागी टिमलाई २ समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइनेछ । प्रतियोगिताको विजेताले ३ लाख ११ हजार जित्नेछ भने उपविजेता टिमले १ लाख ७१ हजार पाउनेछ ।

जनकुरको बाह्रविघा मैदानमा संचालन हुने प्रतियोगिता पहिलो पटक टर्फमा खेलाइन लागेको हो । अनुभवी क्युरेटरले टर्फ निर्माण गरिरहेको हुँदा यस प्रतियोगिताले उत्कृष्ट हुने आयोजकको दाबी छ । राष्ट्रिय टिमका कप्तान पारस खड्का यस प्रतियोगिताका सद्भावना दूत रहेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey