प्रथम राष्ट्रिय टग अफ वारको उपाधि ३ नं प्रदेशलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०१
  • |
  • 333 पटक हेरिएको

काठमाडौं । नेपाल टग अफ वार एशोसियसनको आयोजनामा भएको प्रथम राष्ट्रिय टग अफ वारको महिला तथा पुरुष तर्फको उपाधि ३ नं प्रदेशले हात पारेको छ ।

मंगलवार काठमाडौंमा भएको पुरुष तर्फको खेलमा प्रदेश नं २ लाई हराउदै ३ नं प्रदेशले उपाधि हात पारेको हो भने महिला तर्फको खेलमा प्रदेश नं ५ लाई हराउदै ३ नं प्रदेशले उपाधि हात पारेको हो ।

७ प्रदेशका पुरुष र महिला गरि १४ टिमको सहभागिता रहेको खेलमा तृतिय स्थान भने सुदुरपश्चिम प्रदेशको पुरुष र महिला टिमले हात पारेको छ ।

मनकामना फुटसल माकलवारीमा भएको खेलको समापन समारोहमा वोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले टग अफ खेल नेपालको मौलिकता भएको खेल भएको भन्दै गण्डकी प्रदेशमा आगामी बर्ष फागुनमा हुने नवौंै राष्ट्रिय खेलकुद प्रतियोगितमा टग अफ वार खेललाई पनि समावेश गर्ने बताए ।

उनले टग अफ वार खेलको विकासमा आफुले सक्दो सहयोग गर्ने बताउदै खेललाई स्थानिय र प्रदेश तहमा मात्र नभै कर्पोरेट क्षेत्रमा पनि समावेश गर्न आग्रह गरे ।

साथै उनले यस खेलको विकास गर्नको लागी राष्ट्रपति र उपराष्ट्रपति कपमा पनि समावेस गर्ने बताए । कार्यक्रममा दक्षिण एसियाली टग अफ वार फेडेरेशनका उपाध्यक्ष नरेन्द्र बहादुर अधिकरीले टग अफ वार खेललाई अझ विस्तार गर्ने वताउदै खेलकुख परिषदको सहयोगको आशा राखेको बताए । समापन कार्यक्रममा बोल्दै नेपाल टग अफ वार एशोसियसनका अध्यक्ष भवानी प्रसाद पौडेलले टग अफ वार खेललाई सबै जिल्ला र स्थानिय तहका विस्तार गर्दै आगाडी वढ्ने धारणा ब्यक्त गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey