सागका लागि बक्सिङमा आठ खेलाडी छनोट, जसमा ५ पुरूष तथा ३ महिला

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-३०
  • |
  • 212 पटक हेरिएको

१३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि सोमबार आठ खेलाडी छनोट भएका छन् । जसमा पुरुष पाँच तथा महिला तीनजना रहेका छन् ।

लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा जारी छनो प्रतियोगितामा आज भएको महिला ४८ केजीको फाईनल खेलमा आर्मीकी लालिता महर्जनले पुलीसकी दिवाना शेर्मालाई ५–० ले स्कोरले पराजित गरेर छनोट हुन सफल भइन् ।

महिला ५१ केजीमा एपीएफकी माला राईले प्रदेश ३ की रोशनी राईलाई ५–० ले हराउदै छनोटमा स्थान बनाइन भने ६० केजमा एपीएफकी संगिता सुनुवार छनोट भइन् उनले आर्मीकी सविना श्रेष्ठलाई ५–० ले पराजित गर्दै छनोटमा स्थान पक्का गरिन् ।

यस्तै पुरुष तर्फको ५२ केजी तोल समुहमा आर्मीका तेज वहादुर देउवाले पुिलसका चन्द्र बहादुर थापालाई अंकका आधारमा ५–० ले पराजित गर्दै छनोटहुन सफल भए । पुरुषतर्फकै ६० केजीमा आर्मीका विमल रोकाले खेल परित्याग गरेपछि प्रदेश ३ का सनिल साही वाकओभरको आधारमा छनोट भएका छन् ।

६४ केजीमा पुलिसका भुपेन्द्र थापाले आर्मीका सुरेश नेपालीलाई अंकका आधारमा ४–१ ले हराउदै छनोट भए भने ९१ केजी तौल समुहमा आर्मीका अर्जुन सिंगुले एपीएफका गोकुल गुरुङलाई अंकका अधारमा ४–१ ले हराउदै छनोट भएका छन् ।

यस्तै ९१ केजी भन्दा माथीको तौल समुहमा आर्मीका आशिष दवाडी छनोट भएका छन् । प्रदेश ३ का सनी जुवा तेश्रो राउण्डमा घाईते भए पछि दवाडी सोझै छनोट भएका छन् । बाँकी रहेका छनोटको खेल भोलि सम्पन्न हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey