राखेप र ओलम्पिकबीच केही विवाद छैन : अध्यक्ष श्रेष्ठ (अन्तरवार्ता)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२८
  • |
  • 225 पटक हेरिएको

ललितपुर, २८ भदौ । नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्सँग कुनै पनि विवाद तथा चिसोपना नभएको बताएका छन् ।

निर्वाचित भइसके पछि पत्रकारसँग कुरा गर्दै श्रेष्ठले अब आफूहरुको ध्यान खेल र खेलाडीको विकासमा केन्द्रित हुने पनि बताए । उद्घाटन समारोहमा सदस्यसचिव रमेशकुमार सिलवाल उपस्थित नभएको प्रशंगमा पत्रकारले जिज्ञाषा राखेकाले सदस्यसचिवसँग कुनै मनमुटाव नभएको र कार्यक्रमको उद्घाटन नै राखेपको बोर्ड अध्यक्ष तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गरेको जवाफ दिएका थिए ।

निर्वाचित भइसके पछि तपाईका चुनौती के के हुन् ?
नेपाली खेलकुदलाई कसरी राम्रो बनाउने भन्ने सधैं चुनौतीको कुरा हो । खेलकुद क्षेत्रलाई अझ प्रभावकारी र खेलाडीहरुलाई अझै उत्कृष्ट कसरी बनाउने र खेलकुदको माध्यमबाट देश र राष्ट्रको मान र ईज्जत कसरी बढाउने भन्ने कुरा मै हाम्रो ध्यान केन्द्रित हुने छ ।

स्पोर्टस अटोनोमीलाई ग्यारेन्टी गर्नेकुरामा हाम्रो पर्याप्त ध्यान जान्छ । ओलम्पिक ‘मुभमेन्ट’लाई नेपालमा प्रभावकारी र व्यापक बनाउने कुरा नै हाम्रो महत्वपूर्ण पक्ष हुने छ ।

तपाईको प्यानल नै विजयी भयो, यो नतिजाले सागलाई कस्तो प्रभाव पार्छ ?
पक्कै पनि हामीले हिजोदेखि नै काम गर्दै आएका छौं । म हिजो पनि अध्यक्ष नै थिए । काम गरिरहेकै साथीहरु सबै आएका छौं ।

१३ औं साग राष्ट्रको गौरबको विषय हो । डिसेम्बर १देखि १० सम्म नेपालमा प्रतियोगिता गर्ने भनेर अन्तिमपल्ट निर्णय भएको हो । अब प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा हाम्रो पूर्णरुपमा ध्यान केन्द्रित हुन्छ ।

सरकारले गरिरहेको तयारीमा कसरी सहयोग पुर्‍याउन सकिन्छ, अझै प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अहिले आएको नेतृत्व लाग्छ ।

राखेपसँग सम्बन्ध चिसिएको हो ?
राखेपसँग हाम्रो हार्दिकतापूर्ण सम्बन्ध छ । राखेपका व्यक्तिहरु पनि ओलम्पिकमा हुनुहुन्छ । राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना उपमहासचिवमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

आजको हाम्रो कार्यक्रमको उद्घाटनसत्रको कुरा गर्ने हो खेलकुदमन्त्री स्वयम उपस्थित हुनुभयो । उहाँ राखेपको बोर्ड अध्यक्ष पनि हो ।

ओलम्पिकको विवाद सकिएको हो त ?

निर्वाचन अघि कमल चित्रकारले सर्वोच्चमा मुद्दा हाल्नु भयो तर उहाँको मुद्दा रुक्मशमसेर राणाको कमिटीबाट आएको होइन् । अहिले पनि म निरन्तर रुक्मशमसेर राणासँग सम्पर्कमा छु ।

आज विहान पनि उहाँले फोन तथा म्यासेज गरेर निर्वाचनको पक्षमा म छु यसबाट आउने परिणाम स्वीकार गर्दै विवाद समाधानका लागि प्रतिबद्ध छु भन्नु भएको छ । त्यसका लागि हामीले पनि यसअघि नै विधान संशोधन गरेर ढोका खोलिसकेका छौं । त्यसैले अब ओलम्पिकको विवाद समाधान हुन्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey