अन्तर बिद्यालय पौडी प्रतियोगितामा, दिया र खानुमा पहिलो

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२७
  • |
  • 360 पटक हेरिएको

दिया डाङी र खानुमा राई १८औं एलए अन्तर बिद्यालय पौडी प्रतियोगितामा स्वर्ण जितेका छन् । शुक्रवार भएको उद्घाटन खेलमा आयोजक स्कुल एलएकी दियाले १४ बर्ष मुनीको ५० मिटर बटर फ्लाईमा सुभतारा स्कुलकी जारिया महर्जनलाई पछि पादै स्वण जितेकी हुन । त्यस्तै खानुमाले १५ बर्ष मुनीको ५० मिटर बटर ब्याक स्ट्रोकमा आईडियल मोडलकी लेसिया डंगोललाई हराउदै स्वर्ण जितेकी छन् ।

त्यस्तै १०० मिटर ब्यक्तिगत मिड्लेको १२ बर्ष मुनी छात्राको फाईनल खेलमा प्रिमियर इन्टरनेश्नल स्कुलकी रोसा न्योपाने पहिलो र पाठशालाकी भिदुसी गुरुङ दोश्रौ भईन् । १०० मिटर ब्यक्तिगत मिड्लेको १२ बर्ष मुनी छात्रको फाईनल खेलमा डिएभीका अलिभिन महर्जनले स्वर्ण र निसर्गबाटिकाका युवन लाल श्रेष्ठले कास्य हात पारे ।

२०० मिटर ब्यक्तिगत मिड्लेको १४ बर्ष मुनी छात्राको फाईनल खेलमा सुभतारा स्कुलकी जारिया महर्जनले स्वर्ण तथा आयोजक स्कुल एलएकी काभ्या श्रेष्ठले रजत हात पारेकी छन् । सोहि स्पर्धाको छात्रमा सेन्जेभियर्सका बिबेक महर्जन पहिलो र पाठशालाका किरन नायक दोश्रो भए । त्यस्तै १० बर्ष मुनीको छात्रा २५ मिटर ब्रेस्ट स्ट्रोकमा अक्षरा स्कुलकी सियरा सुभाङगीनी बजगाँई पहिलो र निसर्गबाटिकाकी वईनबी श्रेष्ठ दोश्रो भईन् ।

छात्र १० बर्ष मुनीको २५ मिटर ब्रेस्ट स्ट्रोकमा प्रिमियरका अजल काजी ताम्राकार पहिलो र जेम्सका सुयोग बस्नेत दोश्रो भएका छन् । १२ बर्ष मुनीको छात्र ५० मिटर फ्रिस्टाईलमा डिएभीका अलबिन महर्जन पहिलो र स्प्रिङडेल एकेडेमीका खेमराज थापा दोश्रो भएका छन् ।

हात्तिवन स्थित आयोजक स्कुलको पौडी पोखरीमा भएको १४ बर्ष मुनीको छात्रा ५० मिटर ब्रेस्ट स्ट्रोकमा मिडलपोईन्टकी रितिना शाक्य पाहिलो । सोहि स्पर्धाको छात्रतर्फ इनोभेटिभका मोहित शाक्य पहिलो भएका छन् । १५ बर्ष मुनी छात्र ५० मिटर ब्याक स्ट्रोकमा आयोजक एलएका स्वर्णिम श्रेष्ठ पहिलो भए ।

१० बर्ष मुनीको छात्रा २५ मिटर बटरफ्यालमा सुभताराकी टिसा महर्जन पहिलो हुदा छात्रतर्फ निसर्गबाटिकाका रेवन्तवहादुर श्रेष्ठ पहिलो भएका छन् । प्रतियोगितामा आयोजक एलएले १४६ अंक,निर्सगबाटिकाले १०२ र संस्कृति इन्टरनेश्नल स्कुलले ४५ अंक जोडेका छन् ।दुई दिने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey