मिडफिल्डर जगजीत अष्ट्रेलियाको प्रेस्टन लायन्स क्लबमा अनुबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०७
  • |
  • 152 पटक हेरिएको

चैत्र ७ । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर जगजीत श्रेष्ठ अष्ट्रेलियाको प्रेस्टन लायन्स क्लबमा अनुबन्ध भएका छन् ।

मेलबर्नस्थित भिक्टोरिया स्टेट लिग डिभिजन-१ को क्लब प्रेस्टन लायन्ससँग जगजीतले १ वर्षका लागि सम्झौता गरेका छन् ।

यस अघि जगजीत नुनावाडिङ सिटी फुटबल क्लबबाट खेलेका थिए । लामो समय देखि अष्ट्रेलियामा बसिरहेका जगजीत केहि साता अगाडी राष्ट्रिय टिमका लागि नेपाल आएका थिए ।

प्रेस्टन आफ्नो लिगमा सर्वाधिक सफल क्लबमध्ये एक हो । प्रेस्टनले स्टेट लिग डिभिजन-१ को उपाधि ४ पटक जितेको छ ।

२०१७ मा प्रेस्टन लायन्स लिगमा चौथो स्थानमा उभिएको थियो भने त्यसअघि २०१६ मा दोस्रो स्थान हांसिल गरेको थियो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey